आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

परीक्षार्थीको उत्तर लेख्दै गर्दा एक जना निरीक्षक पक्राउ

AuthorAP Khabar२०७६ जेष्ठ १, बुधबार (५ साल अघि) २६८ पाठक संख्या

जेठ १
राजविराज ।
कक्षा ११ को जारी परीक्षामा परीक्षार्थीको उत्तरपुस्तिकामा उत्तर लेख्दै गरेका एक जना निरीक्षकलाई पक्राउ गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्वारा संचालन भइरहेको कक्षा ११ को मंगलबार संचालन भएको परीक्षामा एक परीक्षार्थीको उत्तरपुस्तिकामा लेख्दै गरेको अवस्थामा राजविराज स्थित राजदेवी ठाकोदेवि जोगेन्द्र भगत माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट निरीक्षक विभा यादवलाई नियन्त्रण लिई कानूनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

सो परीक्षा केन्द्रमा शिक्षाको परिचय विषयको परीक्षा समाप्त पछि सिम्बल नं ६१५०००२४ भएको उत्तरपुस्तिका निरीक्षकको रुपमा खटिएको सोही विद्यालयमा कार्यरत शिक्षिका सिरहा जिल्लाको सुखिपुर नगरपालिका ९ बस्ने ३५ वर्षीया विभा यादवले विद्यालयको कार्यालय कोठामा पुस्तिका झिकेर उत्तर लेख्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

सप्तरी जिल्ला अदालत राजविराजबाट परीक्षा मर्यादा विपरीतको कसुरमा उनी उपर म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् ।

यसअघि गत २४ गते कक्षा १२ को परीक्षामा कञ्चनरुप नगरपालिका ८ स्थित सर्वोदय माध्यमिक विद्यालय परीक्षा केन्द्रमा गणित विषयको परीक्षामा मोबाइल प्रयोग गरी उत्तर लेख्दै गरेका तीन जना परीक्षार्थीलाई कारबाही गरिएको थियो। मोबाइलको प्रयोग गरी इमो मार्फत चिट चोरी गर्ने सिम्बल नम्बर २१५०१२३१, २१५०१२३२ र २१५०१२३३ परीक्षार्थीहरु क्रमशः दिपेश सरदार, रामप्रसाद हुमागाई र रंजित कुमार मण्डललाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । परीक्षार्थी दिपेश सरदारले डाटामा इन्टरनेट चलाएर मोबाइलमा इमो ग्रुप बनाई सो गणित विषयको प्रश्नपत्र पठाएर उत्तर प्राप्त गरी तीनै जनाले चोरेर उत्तर लेख्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

उनीहरुलाई पनि अदालतबाट परीक्षा मर्यादा विपरीतको कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रनाउ रिमालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस