आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विप्लवका छेडागाड इञ्चार्ज पक्राउ

AuthorAP Khabar२०७६ जेष्ठ १, बुधबार (५ साल अघि) ४८९ पाठक संख्या

जेठ ०१
जाजरकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका छेडागाड नगरपालिका इन्चार्ज कैलाश पुन पक्राउ परेका छन् । पुनलाई प्रहरीले नगरपालिकाको वडा नम्बरस्थित कार्कीगाउँबाट मंगलबार राति पक्राउ परेको हो ।

विप्लव समूहका जिल्ला इन्चार्ज प्रेमप्रकाश ओलीले पुन पक्राउ परेको पुष्टि गरेका छन् । पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा पुर्याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला कार्यालयमा राखिएको छ ।

श्रोत जनता समाचार

प्रतिक्रिया दिनुहोस