आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तीन विधेयक फिर्ता लिन कांग्रेसकाे माग

AuthorAP Khabar२०७६ जेष्ठ १, बुधबार (५ साल अघि) ३०५ पाठक संख्या

जेठ १

मुख प्रतिपक्ष दल कांग्रेसले संविधान प्रतिकूल हुनेगरी ल्याइएका मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दलको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले संविधान प्रतिकूल हुने गरी आएका तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । कांग्रेसले सरकारले ल्याएको मिडियासम्बन्धि विधेयकले प्रेस स्वतन्त्रताको हनन् गर्ने, मानव अधिकारसँग सम्बन्धित विधेयकले मानव अधिकारको खिल्ली उठाउने र राष्ट्रिय सुरक्षा परिषदसँग सम्बन्धित विधेयकले नेपाली सेनालाई नै प्रयोजनहिन बनाउने निष्कर्ष निकाल्दै त्यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।

बैठकले उक्त विधेयक तत्काल फिर्ता गरेर संसदलाई सहज ढंगले संचालन नगरे सरकारविरुद्ध सडक र सदन दुवैमा संघर्ष चर्काउने चेतावनी दिएको छ ।

कांग्रेसले सरकार निरंकुशताको यात्रामा निरन्तर अघि बढिरहेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस