आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कालो पट्टी बाँधेर पत्रकारहरु ‘मिडिया काउन्सिल विधेयक’ को विरोधमा

AuthorAP Khabar२०७६ जेष्ठ १, बुधबार (५ साल अघि) २३८ पाठक संख्या

जेठ १,
पत्रकारहरुले ‘मिडिया काउन्सिल विधेयक’को विरोध गर्दै बुधबार हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । नेपाल पत्रकार महासंघको चरणबद्ध विरोध कार्यक्रम अन्तर्गत पत्रकारहरुले हातमा कालो पट्टी बाँधेका हुन् ।

पत्रकार महासंघ कम्यूनिकेशन कर्नर शाखाका पत्रकार तथा सञ्चारकर्मीले पनि हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । नेपाल पत्रकार महासंघको निर्णय अनुसार बुधबार कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखामा कार्यरत सबै पत्रकार तथा सञ्चारकर्मीले हातमा कालोपट्टी बाँधेर काम गरेको शाखाका सचिव अर्जुन पोख्रेलले बताउनुभयो ।

प्रेस स्वतन्त्रतालाई नियन्त्रण र पत्रकारलाई त्रासमा राख्ने व्यवस्थासहित पेस भएको विधेयक तुरुन्तै फिर्ता लिन पनि कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाले सरकारसँग माग गरेको छ ।

‘मिडिया काउन्सिल विधेयक’ राज्यले मार्फत प्रेस स्वतन्त्रामाथि अंकुश लगाउन खाेजेकाे भन्दै नेपाल पत्रकार महासंघ चरणवद्ध आन्दाेलनमा उत्रिएकाे छ ।

प्रतिक्रिया दिनुहोस