आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सोमबारदेखि हराएकी यवती मृत अवस्थामा फेला

AuthorAP Khabar२०७६ जेष्ठ १, बुधबार (५ साल अघि) ४१७ पाठक संख्या

सोमबारदेखि हराएकी यवती मृत अवस्थामा फेला
जेठ १

रुपन्देहीमा एक यवती मृत अवस्थामा फेला परेकी छन् । गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली भन्ने गाउँमा १९ वर्षीया सवनाम निशाको शव फेला परेको हो । पारिवारिक स्रोतका अनुसार निशाको बिहे जेठ महिनामा हुने तय भएको थियो । उनी सोमबार रातिदेखि हराएकी थिइन् ।

सुख्खा कुलोमा उनको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । निशाको शव पोष्टमार्टका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले घटना गम्भीर प्रकृतिको भएका कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको बताएका छन् । ‘पोष्टमार्टम रिपोर्टअनुसार घटनाको अनुुसन्धान गर्छौं । चाडै नै दोषीलाई कानुनी दायरामा ल्याउँछौं’ एसपी थापाले भने ।

मृतका बाबु महोम्मद हिसाहारका अनुसार सोमबार राति खाना खाएपछि छोरी कोठामा सुत्न गएका थिइन् । राति आमाले हेर्दा कोठामा नदेखेपछि खोजी गर्दा नभेटिएको भन्दै उनले भने, ‘मंगलबार पनि दिनभर खोज्यौं फेला पारेनौ तर आज यही शव भेटियो ।’ घटनामा संदिग्ध एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस