आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश न २ मा कम्तीमा ५ हजार कर्मचारी आवश्यक

AuthorAP Khabar२०७६ जेष्ठ १, बुधबार (५ साल अघि) २१४ पाठक संख्या

जेठ १,
धनुषा – प्रदेश २ को सरकारले गठन गरेको प्रदेश प्रशासनिक संरचना सुझाव आयोगले बुधबार आफनो प्रतिवेदन मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ ।

प्रदेश सरकारले गएको वर्ष असार महिनामा गठन गरेको विद्याधर मल्लिक नेतृत्वको एकल सुझाव आयोगले आज अन्तिम प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको हो । आयोगलाई तत्कालिक र दीर्घकालिक गरी दुई चरणमा प्रतिवेदन बुझाउन कार्यादेश दिइएको थियो ।

त्यसैअनुरुप आयोगले तत्कालिक प्रतिवेदन भदौको अन्तिम साता सरकारलाई बुझाएको थियो भने दीर्घकालिक प्रतिवेदन आज बुझाएको हो ।

प्रतिवेदन हस्तान्तरण गर्नु हुँदै विद्याधर मल्लिकले प्रदेशको प्रशासनीक संरचनालाई दुरुस्त बनाउन कम्तीमा ५ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री राउतले प्रतिवेदनमा आएका सुझावहरु माथि छलफलपछि कार्यान्वयनको चरणमा लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस