आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रुपन्देहीमा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा एकजना गम्भिर घाईते

AuthorAP Khabar२०७६ जेष्ठ १, बुधबार (५ साल अघि) ३३१ पाठक संख्या

बुटवल, जेठ १ । बिग्रीएको विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा रुपन्देहीको गैंडहवामा एकजना गम्भिर घाईते भएका छन् । गैंडहवा गाउंपालिका वडा नंं ८ मैनहियामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि तिलोत्तमा नगरपालिका वडा नंं १४ का गुरुदत्त चौधरी गम्भिर घाईते भएको स्थानीय सन्दिप गुप्ताले जानकारी दिए । उनी विद्युत प्राधिकरण अमुवामा कार्यरत कर्मचारी हुन् ।चौधरीको एउटा हात र एउटा खुट्टा चुडिएको छ ।

गम्भिर अवस्थामा उद्धार गरिएका चौधरीलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि लगिएको विद्युत प्राधिकरण अमुवा ग्रिडका किशोर श्रेष्ठले जानकारी दिए ।

विद्युत प्रवाह बन्द गरी ट्रान्सफर्मर मर्मत गरिरहेको अवस्थामा एक्कासी विद्युत प्रवाह सूचारु गरिदिएका कारण उक्त घटना घटेको गुप्ताले जानकारी दिए ।

काम गरिरहेको अवस्थामा एक्कासी विद्युत लाईन जोडेपछि चौधरी दश मिनेट भन्दा बढि समय पोलमाथी नै अड्किएका थिए ।
श्रोत news24

प्रतिक्रिया दिनुहोस