आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा ग्रासरुट डे मा १६ विद्यालयका चार सय भन्दा बढी बालबालिका सहभागी

AuthorAP Khabar२०७६ जेष्ठ १, बुधबार (५ साल अघि) २८८ पाठक संख्या

अनिल तिवारी
बारा, जेठ १
अखिल नेपाल फूटबल संघ (एन्फा) ले बुधवार बारामा ग्रास रुट डे मनाएको छ । एसिएन फूटवल काउन्सिलले हरेक वर्ष मे १५ तारिखलाई ग्रासरुट डेको रुपमा मनाउदै आएकोमा यसै वर्ष एन्फाले काउन्सिलको कार्यक्रमलाई नेपालमा भित्राएपछि पहिलो पटक ग्रास रुट डे मनाइएको हो ।

एन्फाले नेपालका तीन जिल्लामा ग्रास रुट डे मनाउने निर्णय गरेको थियो ।
नेपाली फुटवलमा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एन्फाले गत भदौदेखी बारामापनि ग्रास रुट फूटवलको प्रशिक्षण सुरु गरेको थियो ।

६ देखि १२ वर्ष सम्मका विद्यालय जाने बालबालिकालाई लक्षित गरी एन्फाले यस वर्ष देखि प्रशिक्षण शुरु गरेको हो ।
एन्फाको निर्णय अनुसार बारासहित रुपन्देही र सुनसरीमा पनि ग्रास रुट डे मनाइएको एन्फाका उपाध्यक्ष एवम् ग्रास रुट फूटवल कार्यक्रमका संयोजक उपेन्द्रमान सिंहले जानकारी दिनुभयो ।

सिमरा रंगशालामा आयोजित ग्रास रुट डे बिशेष कार्यक्रममा सहभागी नेपालका पूर्व राष्ट्रि«य गोलरक्षक समेत रहनुभएका सिंहले नेपाली फूटवलको विकासका लागि ल्याइएको ग्रास रुट फूटवलबाट दक्ष खेलाडी उत्पादन हुनेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।

वाईट ः उपेन्द्रमान सिहं, एन्फाका उपाध्यक्ष एवम् ग्रास रुट फूटवल कार्यक्रमका संयोजक
सिमरा रंगशालामा ग्रास रुट फूटवल प्रशिक्षण सञ्चालन गरिरहेको बारा जिल्ला फूटवल संघले बिशेष कार्यक्रमलाई सम्बाधोन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेलले सिमरा रंगशालालाई राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले ग्रास रुटले यस जील्ला मा फुटबलको खेलाडी उत्पादनमा गर्ने सहयोगलाई ध्यानमा राखदै नगरकार्य पालिकालेसमेत विशेष योजना बनाएर अगाडी बढ्ने दाबी गर्नुभयो ।
वाईट ः डा. कृष्ण पौडेल, मेयर जीतपुरसिमरा उपमहानगरपालिका
अखिल नेपाल फूटवल संघले देशका ४८ जिल्लामा ग्रास रुट फूटवल प्रशिक्षण सुरु गरेको छ ।

एन्फाले ग्रास रुट फूटवलका लागि प्रत्येक जिल्लालाई पाँच लाख बजेट उपलब्ध गराएको थियो । एन्फाले उपलब्ध गराएको बजेटबाट बारामा सुरु गरिएको ग्रास रुट फूटवलमा यतिबेला बालबालिकाको मात्रै नभई अभिभावकको समेत रुचि पाईन्छ । आफ्नो बालबालिकालाई उत्साहका साथ अभिभावकले फूटवलमा सहभागी गराएको बारा जिल्ला फूटवल संघका बरिष्ठ उपाध्यक्ष एवम् ग्रास रुट फूटवल बाराका संयोजक रामचन्द्र लामाले बताउनुभयो ।

ग्रास रुट फूटवलमा जिल्लाका १६ विद्यालयका चार सय भन्दा बढी बालबालिका सहभागी रहेको बारा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष लामाले जानकारी दिनुभयो ।

बारा जिल्ला फूटवल संघका अध्यक्ष एम समिउल्लाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ, वडा नं. २ का अध्यक्ष तिलकबहादुर श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष जगन्नाथ घिमिरे सहित विभिन्न संघसंस्थाका प्रतिनिधि, फूटवलप्रेमी र अभिभावकको सहभागिता रहेको थियो ।
फुटेज एफटिपी मा छ ।

प्रतिक्रिया दिनुहोस