आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सीके राउतसँग असन्तुष्ट पक्ष र तराई मुक्ति मोर्चाबीच एकता

AuthorAP Khabar२०७६ जेष्ठ २, बिहिबार (५ साल अघि) ४७७ पाठक संख्या

स्वतन्त्र मधेश गठबन्धनको नेतृत्व गरेका डा। सिके राउत खुला राजनीतिमा आएलगत्तै राउत नेतृत्वको गठबन्धन समुहका असन्तुष्ट पक्षले डा।मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग एकीकरण गरेको छ ।

मोर्चाका अध्यक्ष डा.मुक्ति र गठबन्धनका असन्तुष्ट समूहको नेतृत्व गरेका जासर यादवले बिहीबार एकीकरण भएको घोषणा गरेका हुन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अलग मधेशको मुद्दा छाडेर छिट्टै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने जनाएका छन् ।

विज्ञप्तिमा मधेशलाई सबैले धोका दिँदै आएकाले मधेश मुक्तिका लागि अघि बढ्ने प्रतिबद्धता गरेको छ । उनीहरुले जेठ २० गते निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस