आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश २ का सांसदहरुलाई एक करोड रुपैयाँ अपुग भएको भन्दै २ करोडको माग

AuthorAP Khabar२०७६ जेष्ठ २, बिहिबार (५ साल अघि) ४९४ पाठक संख्या

जनकपुरधाम । जेठ २ गते ।

प्रदेश २ का सांसदहरुले आफ्नो क्षेत्र लक्षित विकासको लागि एक करोड रुपैयाँ अपुग भएको भन्दै २ करोड माग गरेका छन् । बुधबार हरेक सांसदलाई एक करोड दिने सहमति भएपछि प्रदेशसभा बैठक सुरु भएको थियो । तर, प्रदेश २ का सांसदहरु यत्तिमै खुशी छैनन् । सबै सांसदलाई २ करोड बराबरको योजना दिनुपर्ने उनीहरुले माग गरेका छन् ।

बुधबार प्रदेशसभा बैठकमा नेकपा सांसद सुन्दरबहादुर विश्वकर्माले सांसदलाई २ करोड रुपैयाँ दिनुपर्ने माग गरे । ‘अहिलेसम्म बजेट १० प्रतिशत पनि खर्च हुन हुन सकेको छैन,’ सांसद विश्वकर्माले भने, ‘बजेट खर्च गर्न सबै सांसदलाई २र२ करोडका दरले दिऔं ।’
निर्वाचित सांसदहरुलाई आफ्नो क्षेत्रको विकासका लागि सरकारसँग बजेट माग्ने र संघर्ष गर्ने अधिकार भएको उनले सुनाए ।

बजेट खर्च गर्ने विधि र अनुगमन प्रणाली प्रष्ट नभएको भन्दै सांसदलाई बजेट दिने कार्यको कतिपयले विरोध गर्ने गरेका छन् । विकासको नाममा दिइने त्यस्तो बजेट विकासको काम कम र कार्यकर्तालाई बाँड्ने बढी हुने गरेको भन्दै सांसदको आलोचना हुने गरेको छ ।
राष्ट्रियसभाका सांसद एवम् संवैधानिक कानुनका जानकार रामनारायण बिडारी यसरी सांसदलाई बजेट दिइनु संविधान र संसदीय प्रणाली विपरित हुने बताउँछन् ।

बिडारी भन्छन्, ‘जनताले देशभरको लागि कानुन बनाउन, बजेट बनाउन, सरकार बनाउन सांसदलाई पठाएको हो । उनीहरुले आफ्नो निर्वाचन क्षेत्रको मात्र काम गर्नुपर्छ भन्ने अवधारणा गलत हो ।’
उनले भने, ‘यदि सांसदले चार लाख(पाँच लाखको काम वडा(वडामा गर्ने हो भने, वडा अध्यक्ष किन बनाएको ? कार्यपालिकाकै काम गर्ने मन थियो भने नगरपालिका, गाउँपालिकाको चुनाव लडेको भए भइहाल्थ्यो नि ।’

प्रतिक्रिया दिनुहोस