आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रेस स्वतन्त्रताका लागि सीके राउतले प्रदेशसभा र सिंहदरवार घेराउ गर्ने !

AuthorAP Khabar२०७६ जेष्ठ ३, शुक्रबार (५ साल अघि) ३३२ पाठक संख्या

जेठ 3,

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रेस स्वतन्त्राको रक्षाका लागि सडक संघर्ष गर्ने चेतावनी दिएको छ । राउतले शुक्रवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर प्रेस स्वतन्त्रताको रक्षाका लागि प्रदेससभादेखि सिंहदरवारसम्म घेराउ गर्न तयार रहेको जनाए ।

सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल बिधेयकको बिरोध गर्दै लेखेका छन, “प्रेस स्वतन्त्रता हरण गर्ने सञ्चार बिधेयकको बिरुद्धमा सडकमा ओर्लन तयार छौं । प्रदेससभादेखि लिएर सिंहदरवारसम्म घेर्न तयार छौं । भ्रष्टाचारमुक्त समतामूलक समाज निर्माण गर्न र जनताको वास्तविक लोकतन्त्र स्थापित गर्न प्रेस स्वतन्त्रता अपरिहार्य छ ।”

प्रतिक्रिया दिनुहोस