आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रेस स्वतन्त्रता र विधिको शासनप्रति प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री पौडेल

AuthorAP Khabar२०७६ जेष्ठ ४, शनिबार (५ साल अघि) २८८ पाठक संख्या

काठमाडौं,४ जेठ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार बहुदलीय प्रणाली, मानव अधिकार, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता र विधिको शासनप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बुद्धपूर्णिमा तथा उभौली पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गरी उहाँले तीनै तहका सरकार जनताप्रति उत्तरदायी, जनताबाट सञ्चालित र जनताको सेवामा समर्पित भई “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने उद्देश्य पूरा गर्न समन्वयकासाथ अघि बढी इतिहास रच्ने आधार बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

“विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६३औँ जन्मजयन्तीको पावन अवसरमा विश्वभरका बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी तथा किरात समुदायको महानचाड उभौली पर्वको पावन अवसरमा सम्पूर्ण समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस