आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्वतमा पाइप बम बनाउँदै गर्दा पड्किएर दुई जना घाइते

AuthorAP Khabar२०७६ जेष्ठ ६, सोमबार (५ साल अघि) २४४ पाठक संख्या

जेठ ६ पर्वत, माछा मार्नको लागी पाइप बम बनाउँदै गर्दा विस्फोट भएपछि २ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ ।

पर्वत जिल्लाको बिहादी गाउँपालिका–६, शालीग्राममा आइतबार साँझ बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीया समीर राना घाइते भएका भएका छन् । घाइतेमध्ये घर्तीको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ माछा मार्ने प्रयोजनका लागि सलाइको काँटी भरेर पाइप बम बनाउँदै गर्दा विस्फोट भएको पर्वतका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिएका छन् । विस्फोटबाट गम्भीर घाइते घर्तीको अहिले पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घर्तीले बनाएको बम विस्फोट हुँदा नजिकै रहेका समीर घाइते भएका हुन् । प्रहरीका अनुसार उनको अवस्था मध्यम छ । समीरको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस