आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको क्षेत्र नम्वर ३ मा पूर्व मन्त्रि साहले गरे अनुगमन योजनाहरुमा दोहोरो बजेट

AuthorAP Khabar२०७६ जेष्ठ ६, सोमबार (५ साल अघि) २६६ पाठक संख्या

एपी खबर डेस्क
रौतहट ६ जेठ //
रौतहट जिल्लाको सबै भन्दा अविकसित नपाको रुपमा रहेको फतुुआ बिजयपुर नगरपालिकाको बिभिन्न गाउँमा अनुगमन गर्दा एउटै सडकमा दुुईनिकायको लगानी भईरहेको पाईएको छ ।

संघिय सडकमा स्थानिय तहको लगानी देखेर सडक निर्माणको नाउमा आर्थिक अनियमितता हुने स्थानियहरुले आशंका गरेका छन ।
मौलापुर नगरपालिका १ मर्यादपुर देखी फतुुआ बिजयपुुर २ सितलपुर हुदै मेवा सम्म जाने बाटो निर्माणमा संघिय लगानी र फतुुआ बिजयपुर नगरपालिकाको लाखौंको लगानी भईरहेको देखिएको छ ।

क्षेत्र ३ का संघिय सांसद पुुर्वमन्त्री प्रभुु साहको पहलमा भईरहेको विकास निर्माणको काम क्षेत्रको अनुुगमनको क्रममा उक्त बाटो निर्माणमा शहरी विकास मन्त्रालय र फतुुआ बिजयपुरको दोहरो लगानी भईरहेको सघनशहरी तथा भवन निर्माण डिविजन बिरगंजका प्रमुख राजेन्द्र खतिवडाले बताउनु भएको छ ।

उक्त बाटो निर्माणको लागी शहरी विकास मन्त्रालय बाट साढे दुुईमहिना अघि एककरोडको टेण्डर आव्हान गर्दा ८५ लाखमा आरके निर्माण शेवाले साकार गरी निर्माण प्रकृया बढाएको थियो ।
हाल फतुुआ बिजयपुरका मेयर गोपाल यादवले पुुनं.त्यसै बाटो निर्माणको लागी नगरपालिका बाट ८५ लाखको लागतमा उपभोक्ता मार्फत काम गराउन थालेको सघनशहरी भवन निर्माण आयोजना प्रमुख खतीवडाले जानकारी दिनु भयो ।

क्षेत्र नम्वर ३ को बिभिन्न योजनाहरुको सांसद प्रभु साह , प्रमुख जिल्ला अधिकारी बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु , प्राबिधिक तथा संचारकर्मीको टोलीले अनुगमन गरेका छन ।

प्रतिक्रिया दिनुहोस