आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पन्ध्र तोला सुन चाेर्ने दुई युवा समातिए

AuthorAP Khabar२०७६ जेष्ठ ६, सोमबार (४ साल अघि) २८६ पाठक संख्या

जेठ ६
पर्वत । दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन् ।

उक्त घरको दराज तोडफोड गरी चोरी गरेको रानीहार एक थान, बटारे बाला एक थान, छापे औँठी एक थान, चन्द्रमा एक थान, झुम्का दुई थान, विन्दिया एक थान, बेरुवा औँठी एक थान र सिक्री एक थान अभियुक्त नारायण आलेको घरको शौचालयमा लुकाइ राखेको अवस्थामा फेला परेको थियो । शुक्रबार चोरी गरेका अभियुक्तलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
श्रोत जनता समाचार

प्रतिक्रिया दिनुहोस