आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

त्रिशूली नदीमा भएको दुर्घटनामा अझै चार जना बेपत्ता

AuthorAP Khabar२०७६ जेष्ठ ६, सोमबार (५ साल अघि) २४२ पाठक संख्या

जेठ ६
धादिङ,

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबस दुर्घटनामा अझै चार जना बेपत्ता रहेको भन्दै धादिङ प्रहरीले खोजी जारी राखेको छ ।

ना ७ ख ४३८७ नम्बरको यात्रुबस हिजो बिहान पृथ्वी राजमार्गको गजुरीबाट त्रिशूली नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ भने २४ जना गम्भीर घाइते भएका छन् । घाईतेहरुको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उपचारपछि होसमा फर्किएका घाइते तथा आफन्तहरुको भनाईका आधारमा २ बालक र २ पुरुषको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

अप्टिकल फाइबर बिछ्याउने कामका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज धादिङ जाने भएपछि उनको सुरक्षामा ध्यान दिनु पर्ने भएपछि बेपत्ताहरुको खोजीमा समस्या हुने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस