आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजपाद्वारा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण

AuthorAP Khabar२०७६ जेष्ठ ६, सोमबार (४ साल अघि) ३३६ पाठक संख्या

जेठ ६
काठमाडौं : राष्ट्रिय जनता पार्टी ‘राजपा’ नेपालले पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राजपा सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन । प्रतिवेदन सार्वजनिक गर्न सदनले गरेको रुलिङ सरकारले नमानेको भन्दै उनले सभामुख कृष्णवहादुर महराको ध्यानाकर्षण समेत गराइन ।

सभामुख महराले सोमबारको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख महराले सांसद चौधरीलाई बोल्न समय दिएका थिए ।

सभामुख महराले राजपाले उठाउदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र केही सयम पछि उचित जवाफ दिने आश्वासन दिएपछि राजपाका सांसदहरुले आसन ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस