आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सामुहिक हत्या भएको मिक्लाजुङमै एक युवकको शव झुण्डिएको अवस्थामा फेला

AuthorAP Khabar२०७६ जेष्ठ ७, मंगलबार (४ साल अघि) ३०२ पाठक संख्या

जेठ ७

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राईका अनुसार एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ । झुण्डिएको अवस्थामा फेला परेका युवकको पहिचान हुन सकेको छैन ।

युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरी घटनास्थलतर्फ गएको छ ।

आत्महत्या गर्ने युवाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस