आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाँचथरको सामूहिक हत्या अनुसन्धान गर्न सीआईबीको टोली हिँड्यो

AuthorAP Khabar२०७६ जेष्ठ ७, मंगलबार (५ साल अघि) २७४ पाठक संख्या

जेठ ७

पाँचथरको मिक्लाजुङ ३, आरुबोटेको सामूहिक हत्याको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गर्ने भएको छ ।

केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका एसपी उमाशंकर चतुर्वेदीको नेतृत्वमा प्रहरीले अनुसन्धान टोली खटाएको हो । अनुसन्धानको जिम्मा पाएका चतुर्वेदी टोली लिएर घटनास्थलतर्फ लागेको प्रहरी स्रोतले जनाएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा सोमबार राति २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको थियो ।

अज्ञात समूहले बमबहादुर फियाक र धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो । उनीहरु नाताले ज्वाइँ–ससुरा हुन् ।

घटनामा १३ वर्षिया किशोरी सीता खुजुमले भने भागेर ज्यान जोगाएकी छन् ।

प्रतिक्रिया दिनुहोस