आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा ट्रयाक्टर पल्टिंदा एकको मृत्यु

AuthorAP Khabar२०७६ जेष्ठ ७, मंगलबार (४ साल अघि) २२३ पाठक संख्या

रौतहट, जेठ ७ गते ।
रौतहटमा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका र देवाही गोनाही नगरपालिकाको सिमानामा रहेको लालबकैया पुलको नजिकको छरकीबाट ना ६ त ५८२५ नम्बरको ट्रयाक्टर पल्टिदा ट्रयाक्टरका साहु बौद्धमाई नगरपालिका इर्नवा टोलमा बस्ने अन्दाजी ५५ वर्षीय शिवपुजन साहको मृत्यु भएको हो ।

रोटाबेटरबाट खेत जोतेर घर फर्किने बेलामा बाटो साँघुरो रहेको र दुबै तिरबाट ढुङ्गा राखिएकोले ट्रयाक्टर पास गर्ने क्रममा लालबकैया पुल भन्दा करिव १०० मिटर दक्षिण ५ मिटर तल झर्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरका साहु शिवपुजनलाई उपचारका लागि बाहिर लैजाने क्रममा चन्द्रनिगाहपुरमा उनको मृत्यु भएको थियो ।

घटनाको बिषयमा विस्तृत अनुन्सन्धान भइरहेको देवाही गोनाही इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस