आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्रोत नखुलेको करिब ७ लाख रुँपैयासहित दुई जना पक्राउ

AuthorAP Khabar२०७६ जेष्ठ ७, मंगलबार (५ साल अघि) ३१४ पाठक संख्या

जेठ ७ — बाराको सिम्रौनगढ नगरपालिका वडा न. १ बैरियास्थित सिमा ईलाकाबाट सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको १० लाख ९६ हजार ६ सय २५ रुँपैयासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाराको करैयामाई गाँउपालिका वडा न. ८ नरही निवासि २६ वर्षीय सद्दाम अन्सारी र सोही ठाँउका १८ वर्षीय आकी थिजिज साह रहेका छन् ।
भारतबाट नेपालतर्फ ना४४प ३०४७ नम्वरको मोटरसाइकलमा आँउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पिपरपातीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शंका लागी जाँच गर्दा उनीहरुको साथबाट सो रुपैयाँ फेला परेपछि पक्राउ गरिएको एपिएफले जनाएको छ ।

सशस्त्र प्रहरीले निजहरुले प्रयोग गरेको उक्त मोटरसाइकल, दुई वटा मोवाईल फोन, एउटा पेनड्राईभ तथा विभिन्न बैङ्कको भौचर समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस