आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाँच राउण्ड गोली सहित विप्लव कार्यकर्ता पक्राउ

AuthorAP Khabar२०७६ जेष्ठ ८, बुधबार (४ साल अघि) ३४४ पाठक संख्या

जेठ ८
काठमाडौँ । प्रहरीले गोली हानी भोजपुरबाट विप्लव माओवादीका एक कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा षडानन्द नगरपालिका २ का तीर्थ घिमिरे रहेका छन्। प्रहरीले मंगलबार अपरान्ह ट्याम्के मयुङ गाउँपालिका १ को घोत्रेखानी जंगलमा गोली हानी घिमिरेलाई समातेको हो।

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालका अनुसार उनको दाहिने घुँडामा गोली लागेको छ।

घोत्रेखानी जंगलमा विप्लव माओवादीको गतिविधि रहेको सूचनाको आधारमा पक्राउ गर्न गएको प्रहरी टोलीलाई हतियार देखाएपछि गोली चलाइएको रिजालले बताए।

उनको साथबाट एक थान पेस्तोल, पाँच राउण्ड गोली, बम बनाउन प्रयोग हुने डेटोनेटर चार वटा, २५ मिटर कर्ड, बाइनाकुलरलगायत बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस