आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पारिवारिक विवादको छलफलमा पेस्तोल ताकेर फरार भएका एक व्यक्ति पक्राउ

AuthorAP Khabar२०७६ जेष्ठ ८, बुधबार (५ साल अघि) २२६ पाठक संख्या

जेठ ८ सर्लाही । पारिवारिक विवादको छलफलमा पेस्तोल ताकेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । हरिपुर्वा नगरपालिका वडा नम्बर ७ निवासी ३६ वर्षीय संजय राय यादवलाई मंगलबार पक्राउ गरेको हो ।

साहले बसतपुर टोलका रामविश्वास रायको दुई श्रीमतीको विवादबारे छलफल भइरहेको बेला पुस २४ अमेरिकी पेस्तोल ताकेका थिए । ताकेपछि उनी पेस्तोल र त्यसको गोली छाडेर भागेका थिए । ना ३१ प२२२९ नम्बरको मोटरसाइकलमा आएका यादवले एक्कसी पेस्तोल झिकेर छलफलमा बसिरहेका जयनारायण यादवलाई ताकेका थिए ।

यादवसहित स्थानीयले प्रतिकार गरेपछि उनी पेस्तोल छोडेर भागेका थिए । उनले मेडईन युएसए लेखिएको २ थान पेस्तोल तथा २ वटा म्याग्जीन र ६ राउण्ड गोली फालेर फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस