आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारीलाई कार्यकक्षमै थप्पड

AuthorAP Khabar२०७६ जेष्ठ ८, बुधबार (४ साल अघि) ५१८ पाठक संख्या

जेठ ८ सिरहा । कल्याणपुर नगरपालिकाका कर्मचारी कार्यालयमै कुटिएका छन् । नगरपालिकाका ओभरसियर छेदीकुमार साफी कार्यकक्षमै कुटिएका हुन् ।

ओभरसियर साफीलाई कल्याणपुर ७ स्थित रमपुरा भेडियाका दीपेन्द्र यादवसहितको समूहले काम गरिरहै बेला हातपात गरेको हो ।

यादवससहित समूहले ओभरसियर साफीलाई कल्यापुरस्थित आधारभुत विद्यालय प्राङ्गणमा माटो भरेको मूल्याङ्कन गरिदिन भदौदेखि आग्रह गरेका थिए । तर ओभरसियर साफीले त्यसलाई विभिन्न वाहनामा आलटाल गर्दै आएपछि उनीहरुले कुटपिट गरेका हुन् ।

स्रोतका अनुसार यादवसहित समूहले मंगलबार मूल्याङ्कनको लागि आग्रह गर्दा ओभरसियर साफीले ‘नगरसँग कुनै सम्झौता छैन, कार्यादेश छैन, केको आधारमा मूल्याङ्कन गर्ने ? भनेका थिए ।ओभरसियर साफीले त्यसो भन्ने बित्तिकै यादवले उनलाई गालामा एक थप्पड लगाए ।

ओभरसियर साफीलाई कुटपिट गरेको यादवले स्वीकार गरेका छन् । ‘हामीले व्यवस्थापनि समितिको अनुरोधमा माटो पुयौ’ उनले भने, ‘काम सकेको महिनै भइसक्यो । रकम भुक्तानीको लागि मूल्यांकल गरी दिनूस् भन्दा । उहाँले कुन बजेटबाट काम गरेको हो मलाई कुनै जानकारी छैन भन्नुभयो । त्यसपछि मैले गालामा थप्पड लगाए ।’

प्रतिक्रिया दिनुहोस