आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खुकुरी प्रहार गरी छोराले बुवाको गरे हत्या आफैँ प्रहरी चौकी पुगे

AuthorAP Khabar२०७६ जेष्ठ ९, बिहिबार (४ साल अघि) २९४ पाठक संख्या

जेठ ९

भुमे गाउँपालिका ७ गुनाममा खुकुरी प्रहार गरी छोराले बुवाको हत्या गरेका छन्। बाबुको हत्यापछि उनी आफैँ प्रहरी चौकीमा पुगेका छन् । ४१ वर्षीय बाबु रमन विकको हत्या गरी २० वर्षीय विरज विकले भूमे–६ महतमा रहेको प्रहरी चौकीमा गएका हुन् ।

उनी बिहीबार बिहान ६ बजे प्रहरी चौकी पुगेका थिए । बिहान ५ बजे खुकुरी प्रहार गरी बाबुको हत्या गरेका उनी आफैँ प्रहरी चौकीमा आएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए ।

‘मैले बाबुको घाँटी रेटेर हत्या गरेँ, थोरै छालाले मात्रै घाँटी छुट्टिन सकेको छैन भनेर आफै प्रहरीमा आएको हो, घटनाको विस्तृत अनुसन्धान हुँदैछ,’ प्रहरी निरीक्षक सुनारले भने ।घरायसी विवादको कारण घटना भएको र थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस