आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

३१ लाख नगदसहित दुईजना समातिए

AuthorAP Khabar२०७६ जेष्ठ ९, बिहिबार (४ साल अघि) २७१ पाठक संख्या

जेठ ९ काठमाडौं । श्रोत नखुलेको ३१ लाख नेपाली नगद सहित काठमाडौं महानगरपालिका–३१ बाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर जगातीबस्ने ५० वर्षीय राजभाई सञ्जु र झापा चारपाने घर भई हाल काठमाडौं सिनामंगल बस्ने ३३ वर्षीय अभिषेक सादा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा १४ च ८९५९ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
श्रोत जनता समाचार

प्रतिक्रिया दिनुहोस