आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आगलागीमा परि एकै परिवारका तीन जनाको मृत्यु

AuthorAP Khabar२०७६ जेष्ठ ९, बिहिबार (४ साल अघि) २४२ पाठक संख्या

जेठ ९ बैतडी । बैतडीमा आगलागीमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बुधबार राति पौने ११ बजे पुर्चौडी नगरपालिका ७ बसपार्क छेउमा टहरो बनाएर बसेको परिवार आगलागीमा परेको हो ।

बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीका अनुसार आगाेले जलेर ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेकाे मृत्यु भएकाे हाे ।

पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका थिए।

बुधबार राति खाना खाएर सुतेका बेला चुल्होबाट आगो सल्केको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । राति करीब पौने १० बजेतिर आगो लागेकाे थियाे।

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलेर मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस