आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश नं २ का कृषि राज्य मन्त्री यादव रौतहटमै पहिलो पटक चक्रपथको निर्माण गर्दै

AuthorAP Khabar२०७६ जेष्ठ ९, बिहिबार (४ साल अघि) ६०६ पाठक संख्या

ओम प्रकाश यादव ।
जेष्ठ ९ गते, रौतहट ।
प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री ंएवम् प्रदेश सांसद माननीय योगेन्द्र यादवले आफना गृह जिल्ला रौतहट स्थित निर्वाचन क्षेत्रमा विकासका आँधीवेहरी ल्याएका छन ।
कृषि राज्य मन्त्री यादवले रौतहटमै पहिलो पटक चक्रपथ निर्माण गर्ने तर्फ लागेका हुन । अहिलेसम्म कसैले रौतहटमा चक्रपथ निर्माण गर्न नसकेको अवस्थामा मन्त्री यादवले गर्न लागेका हुन ।
रौतहट क्षेत्र नं १ ख का प्रदेश सांसद समेत रहनुभएका कृषि राज्य मन्त्री यादवले प्रदेश स्तरीय योजनाबाट झण्डै ५५ करोडको लागतमा आफनै निर्वाचन क्षेत्रमा पहिलोपटक चक्रपथ निर्माण गर्नेतर्फ लागेका हुन ।

वर्षौदेखी रहेको बाटोको समस्याका कारण आफना क्षेत्रका जनतालाई आवत जावत गर्नमा कठिनाई हुँदै आएको भन्दै आफुले निर्माण गर्न लागेको चक्रपथबाट स्थानीय नागरिकको बाटोको समस्या सधैका लागि समाप्त हुने मन्त्री यादवले बताउनुभयो ।

आफुले निर्माण गर्न लागेको चक्रपथको लम्बाई ३५ किलोमिटरको रहेको र अहिलेसम्म डिपी आरको काम सम्पन्न भैसकेको उहाँले बताउनुभयो ।

डिपी आरको काम सम्पन्न भइ अब यसै चालु आर्थिक वर्ष २०७६÷०७७ बाट निर्माण कार्य सुरु हुने प्रदेश सांसद एवं कृषि राज्य मन्त्री योगेन्द्र यादवले बताउनुभएको हो । निर्माण हुनगइरहेको चक्रपथको केन्द्र विन्दु सुकदैव चौक रहेको छ ।

मन्त्री यादवको निर्वाचन क्षेत्रमा पाँचवटा स्थानीय तह पर्दछन । ति पाँचवटै स्थानीयतहहरुलाई छुने गरी चक्रपथ निर्माण हुने छ ।

चक्रपथ सुकदैव चौकको दक्षिण पटि रहेको तुलसी इनारबाट शुरु भई जेठरहिया चिकना, भलोहिया, फुलवरीया, खडकी रजवाडा, धर्मपुर सिंगारमन, धनाडी, विरनगराबाट माधोपुरको उतरपटिको ठुलो मठवला बाटो हुँदै मानपुर विशुनपुर्वा, जयनगर, दिपही, खेसरहिया र सखुअवा भएर पुःन सुकदेव चौकको दक्षिणपटि रहेको तुलसी इनारमा गएर अन्त्य हुने मन्त्री यादवले बताउनुभयो ।

यस आर्थिक वर्षबाट शुरु हुने चक्रपथ निर्माणको कार्य आउँदो २ वर्षमा सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

चक्रपथबाट पाँच स्थानीय तह क्रमश यमुनामाई गाउँपालिका, दुर्गाभगवती गाउँपालिका, माधवनारायण नगरपालिका, गढिमाई नगरपालिका र गरुडा नगरपालिकाका दर्जनाभन्दा बढि गाउँका बासिन्दालाई आवत जावत गर्न सजिलो हुने उहाँले बताउनुभयो ।

रौतहटमै पहिलो पटक मन्त्री योगेन्द्र यादवले निर्माण गर्न लागेको चक्रपथबाट अरु मन्त्री, स्थानीय तह र नेताहरुले पाठ सिक्नु जरुरी रहेको देखिन्छ ।

त्यस्तै समावजादी पार्टि नेपालका केन्द्रिय सदस्य समेत रहेका प्रदेश सांसद एवं कृषि राज्य मन्त्री यादवले आफना क्षेत्रमा अरु कयौ विकास निर्माणका काम गरिरहेका छन ।

उहाँले आफना संसदिय कोषको रकमबाट जिल्लाको भेडियाहीमा मुस्लिमहरुको लागि लाखौको लागतमा मस्जिद निर्माण, माधोपुरमा २५ लाखको लागतमा पोखरी सौन्द्रिकरण, भलोहियामा विवाह मण्डप निर्माण, पचरुखी छतौनामा शिव पार्वति मन्दिर निर्माण, खेसरहियामा खानेपानी धारा जडान, सखुअवामा प्रतिक्षालय र शौचालय निर्माण, जयनगरमा रोड र नाला ढलान जस्ता दर्जनौ विकास निर्माणका काम दु्रत गतिमा अगाडि बढाउनुभएको छ ।

निर्वाचनका बेला जनतासँग आफुले गरेको प्रतिवद्धता अनुसार चक्रपथ निर्माण र अरु विकास निर्माणका काम अगाढि बढाएको कृषि राज्य मन्त्री योगेन्द्र यादवले बताउनुभयो । आफनो कार्यकालसम्म आफना निर्वाचन क्षेत्रको मुहार जसरी भए पनि फेरेरै छाडने उहाँले दावी गर्नुभयो ।
क्षेत्र नं १ ख का जनताको चाहना र इच्छा अनुसार आफुले काम गरिरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस