आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तपाईंले बिक्री गरेको सवारी साधनको नामसारी गर्नु भयो ?

AuthorAP Khabar२०७६ जेष्ठ ९, बिहिबार (४ साल अघि) ४६१ पाठक संख्या

जेठ ९

गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उहाँको नामको मोटरसाइकल जुधेर मानिसको मृत्यु भएको खबर दिए। पण्डितलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो।

आफूले चार वर्षअघि रिकण्डिसन हाउसमार्फत बिक्री गरेको मोटरसाइकल अर्को मोटरसाइकलमा ठक्कर खाँदा आफैंले बेचेको मोटरसाइकलका चालकको मृत्यु भएको रहेछ।

प्रहरीले सो मोटरसाइकल धनी खोज्दै जाँदा यातायात व्यवस्था कार्यालयमा पण्डितको नाम फेला प¥यो। त्यसपछि प्रहरीले कसरी त्यो मोटरसाइकल त्यहाँ पुग्यो भनेर पण्डितको खोजी गर्न थाल्यो।

रिकण्डिसनमा बिक्री गरेको कागजका कारण पण्डित त बचे। तर यस्तै तवरले सवारी साधन बिक्री गरेकाहरु फस्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार खड्का बताउँछन्। यस्ता घटना धेरै आउने गरेको उनले बताए।

मोटरसाइकल, गाडी जस्ता सवारी साधन विश्वासमा अरूलाई बिक्री पछि पनि नामसारी नगरी चलाउन दिन नहुने खड्काको भनाइ छ। ती सवारी साधन दुर्घटना हुँदा त्यसको दोषी आफू हुन्छु भन्ने थाहा भई बेवास्ता गर्दा धेरै फस्ने गरेको उनको भनाइ छ।

सरकारी वकिलले सवारी धनीपूर्जामा जस्को नाम छ उही प्रतिवादी बनाउने हुँदा धेरैले सानो कमजोरीका कारण ठूलो क्षति बेहोर्न बाध्य भएको खड्काको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौर सवारी साधन बिक्री गरेपछि तत्काल नामसारी गर्नुपर्ने बताउँछन्। अर्काको सवारी साधन चलाउनेलाई पनि राम्रो नहुने भन्दै उनले यो सन्देश सबै सवारी धनीलाई पुर्‍याउन जरुरी देखिएको जानकारी दिए।

आफ्ना सवारी साधन बिक्री गरेर नामसारी नगरेकाहरु धेरै रहेका छन्। विश्वासका आधारमा बस्दा सवारी साधन किनेकाले बीमा नगर्ने, सवारी साधनको नवीकरण नगर्ने जस्ता समस्या देखिने गरेको छ। यसको दोषी पनि सवारी धनी हुने गरेका छन्।

धेरै सवारी साधन पुराना भएपछि बढी बिक्री वितरण हुने गर्दछ। खरिद गरेकाले आफ्नो नाममा नभएमा नवीकरण नै नगरी सञ्चालन गरीदिँदा सरकारी राजश्वमा स्वयम् सवारी धनीको बक्यौता बसिरहने समस्या हुने गर्दछ।
श्रोत रासस

प्रतिक्रिया दिनुहोस