आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको चन्द्रपुरमा वालविवाह अन्त्यका लागी सरोकारवालाहरु संग परामर्श बैठक सम्पन्न

AuthorAP Khabar२०७६ जेष्ठ ११, शनिबार (४ साल अघि) ३६३ पाठक संख्या

रौतहट ११ जेठ // रौतहटको चन्द्रपुर वालविवाह अन्त्यका लागी रणनितिक कार्ययोजना सम्वन्धिी सरोकारवालाहरु संग परामर्श बैठक शुक्रवार सम्पन्न भएको छ । सामाजीक बिकास मन्त्रालय प्रदेश २ को समन्वय तथा युनिसेभको सहयोग र सामुदायिक परिवार कल्याण संघको आयोजनामा शुक्रवार कार्यक्रम आयोजना गरीएको हो ।

बारा, पर्सा,रौतहट,सर्लाही जिल्लाका अभियान्ता, स्थानियतहका मेयर उपमेयर, संचारकर्मी हरुको सहभागिता रहेको छ । छलफलमा सहभागीहरुले प्रदेश सरकारले बनाउन लागेको योजनाका लागी बिभिन्न सुझावहरु दिएका छन ।

समाजिक बिकास मन्त्रालय प्रदेश २ की समाजीक बिकास महाशाखा प्रमुख देवी कुमारी शर्माले प्रदेश सरकारले वालविवाह अन्त्यका लागी बिभिन्न कार्ययोजनाहरु बनाइरहेको बताउनु भयो । प्रमुख शर्माले नेपालको वालविवाहको अवस्था र अन्त्यका लागी भएका प्रयासको बारेमा जानकारी दिनु भयो ।

वालिका र किशोरी शशक्तिकरण, किशोरीका लागी गुणस्तरीय शिक्षा, पुरुषहरुको सहभागिता, समाजमा व्याप्त मुल्य मान्यता को परिवर्तनका लागी पारीवारीक तथा समाज परिचालन , कानुन तथा कार्यान्वयन , स्थानिय योजना तथा श्रोत व्यवस्थापन र सेवा प्रवाहको छनौट गरी वालविवाह अन्त्यका लागी प्रदेश सरकारले रणनिती बनाउने तयारी गरीरहको छ ।

प्रतिक्रिया दिनुहोस