आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विप्लवलाई मूलधारको राजनीतिमा ल्याउन सरकार प्रतिवद्व छः गृहमन्त्री थापा

AuthorAP Khabar२०७६ जेष्ठ १३, सोमबार (४ साल अघि) ३०१ पाठक संख्या

जेठ १३
काठमाडौं–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव नेतृत्वको नेकपालाई वार्ताद्वारा मूलधारको राजनीतिमा ल्याउन सरकार प्रतिवद्व रहेको बताएका छन् ।

सोमबार राजधानीमा घटेको बम विस्फोटबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले वार्तामार्फत विप्लव नेतृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउन सरकारले प्रक्रिया अगाडि बढाइसकेको बताए ।

विप्लव नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिहरुलाई नियन्त्रण गर्न सरकार लागिपरेको गृहमन्त्री थापाले बताए ।

यस्तै उनले राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै संलग्नता र विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको बताए ।source ratopati

प्रतिक्रिया दिनुहोस