आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सांसद बनेपछि चर्चामा छिन् यी सुन्दरी

AuthorAP Khabar२०७६ जेष्ठ १३, सोमबार (४ साल अघि) ३७२ पाठक संख्या

नयाँ दिल्ली, जेठ १३ । भारतको लोकसभा निर्वाचनमा ऐतिहासिक सफलता हात पार्दै भारतीय जनता पार्टीले सरकार गठनको तयारी गरेको छ ।

नयाँ सरकार गठनको चर्चासँगै नवनिर्वाचित सांसदहरुको पृष्ठभूमि, सम्पत्ति, सामाजिक जीवनलगायतका विषयमा समाचारहरु प्रकाशमा आउन थालेका छन् । यसै क्रममा पछिल्लो समय चर्चाको शिखरमा छिन्– मिमी चक्रवर्ती ।

उनी नवनिर्वाचित सांसद हुन् । पेशाले कलाकार रहेकी उनले राजनीतिक जीवनको सुरुवात सांसदका रुपबाट गर्दैछिन् । हालै सम्पन्न निर्वाचनमा उनी तृणमुल कांग्रेस पार्टीबाट उम्मेदवार बनेकी थिइन् । उनी पश्चिम बंगालको जादवपुर क्षेत्रबाट निर्वाचित भएकी हुन् । उनलाई १७ औं लोकसभाको ‘सुन्दरी सांसद’ भनेर भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।

बंगाली चलचित्रमा अभिनेत्रीको भूमिका निर्वाह गर्दै आएकी उनले संसदमा नेत्रीका रुपमा कस्तो भूमिका निर्वाह गर्ने हुन् ! कौतुहलताको विषय बनेको छ ।

सामाजिक सञ्जालमा सक्रिय मिमीलाई धेरैले शुभकामनासमेत दिएका छन् । प्रशंसकहरुले उनको राजनीतिक जीवन सफल बन्ने विश्वास व्यक्त गरेका छन् ।

उनले अभिनय गरेका दुई चलचित्र यसै वर्ष प्रदर्शनमा आउने तयारी छ । करिब एक दशकदेखि बंगाली चलचित्र र टेलिभिजनमा ख्याती कमाएकी यी ३० वर्षीय सुन्दरी राजनीतिक जीवनमा कति सफल हुने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस