आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अष्ट्रेलियाले श्रीलंकालाइ ५ विकेटले हरायो

AuthorAP Khabar२०७६ जेष्ठ १४, मंगलबार (४ साल अघि) ३४२ पाठक संख्या

जेठ १४

विश्वकप क्रिकेट अघि भएको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई सहज रुपमा पराजित गरेको छ ।

सोमबार राति भएको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो । २४० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ४४.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटायो ।

अष्ट्रेलियाका लागि ओपनर उस्मान खवाजाले १ सय ५ बलमा ३ चौका सहित ८९ जोड्दै सहज जित पक्का गरे । कप्तान आरोन फिन्चले ११,शन मार्श ३४, ग्लने म्याक्सवेल ३६,मार्कस स्टोनिस ३२ रनमा आउट भए । एलेक्स करी १८ र प्याट कमिन्स ९ रनमा अविजित रहे । श्रीलंकाका जेफरी वांडरसेले २,धनन्जय डी शिल्भा र नुवान प्रदिपले १ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो । श्रीलंकाका लागि लाहिरु थिरिमानेले ५६ र धनन्जय डे सिल्भाले ४३ रन बनाए । २५ ओभरको अन्तिम बलमा नाथन लायनले बोल्ड आउट गर्नु अघि थिरिमानेले ६९ बलमा ७ चौका प्रहार गरे ।

कप्तान दिमुथ करुणारत्ने १६, कुशल परेरा १२, कुशल मेन्डिस २४, एन्जिलो मैथ्यूज १७, जीवन मेन्डिस २१ रनमा आउट भए । तल्लोक्रमका धनन्जय डी शिल्भाले ४१ बलमा ४ चौका सहित ४३ र थिसेरा परेराले २७ रन बटुले ।

अष्ट्रेलियाका लागि एडम जम्पाले सर्वाधिक २ विकेट लिए । मिचेल स्टार्क, प्याट कमिन्स, केन रिचड्सन, ग्लेन म्याक्सवेल, नाथन लायन र स्टिभ स्मिथको नाममा समान १ विकेट रह्यो । इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा यही ३० मे देखि विश्वकप क्रिकेट सुरु हुदैछ ।

प्रतिक्रिया दिनुहोस