आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोदीको सपथ ग्रहणमा प्रधानमन्त्री ओली दिल्ली जाने

AuthorAP Khabar२०७६ जेष्ठ १४, मंगलबार (४ साल अघि) २६४ पाठक संख्या

जेठ १४

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । सोमवार भारतबाट औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने तय भएको हो ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओली जेठ १६ गते बिहिबार दिल्ली जानेछन् । सोही दिन मोदीको सपथग्रहण छ । ओली सपथग्रहण र मोदीसँग द्विपक्षीय वार्तापछि जेठ १७ गते नै स्वदेश फर्किनेछन् । मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखलाई बोलाइएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रम ओली भारत जान लागेको पुष्टि गरेका छन्। प्रधानमन्त्रीसँग दिल्ली को को जाने भन्ने टुङ्गो नलागेको बताइएकाे छ। मोदीले बिहीवार साँझ ७ बजे राष्ट्रपति रामनाथ कोविन्दबाट सपथग्रहण लिनेछन् ।

प्रतिक्रिया दिनुहोस