आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ह्यारी केनको कप्तानीमा इंग्ल्यान्डको टोली घोषणा

AuthorAP Khabar२०७६ जेष्ठ १४, मंगलबार (४ साल अघि) ३९८ पाठक संख्या

जेठ १४

नेसन्स लिगको लागि इंग्ल्यान्डले चोटबाट पुनरागमन गर्ने प्रयासमा रहेका कप्तान ह्यारी केनलाई समावेश गर्दै २३ सदस्यीय टोलीको घोषणा गरेको छ । इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले गत अप्रिलबाट चोटका कारण मैदान बाहिर रहेपनि चोटबाट पुनरागमन गर्ने प्रयासमा रहेका कप्तान केनलाई टिममा समावेश गर्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोटेनहमका केनले १ जुनमा लिभरपुलविरुद्धको च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारी गरिरहेका छन् । प्रशिक्षण क्याम्पमा रहेका २७ मध्ये किरियन ट्रिपर, ह्यारी विङ्स, जेम्स वार्ड प्राउज र नाथन रेडमन्ड बाहिरिएका छन् । नेसन्स लिग आगामी जुन ६ देखि ९ तारिखसम्म पोर्चुगलमा हुँदैछ । सेमिफाइनल खेलमा ६ जुनमा इङ्ल्यान्डले नेदरल्यान्डसँग खेल्दैछ । अर्को सेमिफाइनलमा पोर्चुगल र स्वीट्जरल्यान्ड भिड्दैछन् ।

इङ्ल्यान्ड टोली

गोलरक्षक – ज्याक बटल्यान्ड, टम हिटन र जोर्डन पिकफोर्ड

रक्षक – ट्रेन एलेक्सन्डर अर्नोल्ड, विन चिलवेल, माइकल किन, ह्यारी मगाएर, ड्यानी रोज, जोए गोमेज, जोन स्टोन्स र केयल वार्कर

मिडफिल्डर – रोस बार्कली, डेल अली, फावियन डेल्फ, इरिक डायर, जोर्डन हेन्डरसन, जेसे लिङ्गार्ड र डेक्लन राइस

स्ट्राईकर – ह्यारी केन, मार्कुस रासफोर्ड, जाडोन सान्चो, रहिम स्ट्रलिङ र कलुम विल्स

प्रतिक्रिया दिनुहोस