आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुरक्षाकर्मीलाई पेट्रोल छर्किएर जिउँदै जलाउने प्रयासप्रति प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको निन्दा

AuthorAP Khabar२०७६ जेष्ठ १४, मंगलबार (४ साल अघि) ३५४ पाठक संख्या

जेठ १४
काठमाडौ । सुरक्षाकर्मीलाई पेट्रोल छर्किएर जिउँदै जलाउने प्रयासप्रति प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले निन्दा गरेको छ ।

चितवन भरतपुरमा शुक्रबार केही व्यक्तिले प्रहरी सहायक निरीक्षक(असई) कल्पना खड्कालाई जलाउने प्रयास गरेका थिए । भरतपुर महानगरपालिका वडा नम्बर १२ गोन्द्राङस्थित सडक बोर्डको कर सङ्कलन केन्द्रमा कार्यरत असई खड्कालाई केही व्यवसायीले जलाउने प्रयास गरेका हुन् ।

व्यवसायीले कर संकलन ढाट जलाएर असई खड्कालाई पनि पेट्रोल छर्किएर जलाउने प्रयास गरेका थिए । व्यवसायीबाट आगजनीमा परेकी असई खड्का सख्त घाइते भएकी छन् । उनको उपचार भइरहेको छ ।

घटनाको कांग्रेसले भत्र्सना गरेको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मंगलबार विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गर्नुभएको छ ।

‘ड्युटीमा रहेकी सुरक्षाकर्मी कल्पना खड्कामाथि केही व्यक्तिले पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएको अमानवीय घटनाप्रति ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘ उपचारत सुरक्षाकर्मी खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आक्रमणकारीलाई कारबाहीलाई कारबाहीको माग गर्दछौ । साथै घाइते सुरक्षाकर्मीलाई उपयुक्त उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछौ ।’
श्रोत जनता समाचार

प्रतिक्रिया दिनुहोस