आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गण्डकीलाई हराउँदै प्रदेश ३ ले निकाल्यो लगातार दोस्रो जित

AuthorAP Khabar२०७६ जेष्ठ १४, मंगलबार (४ साल अघि) ३५६ पाठक संख्या

जेठ १४

पारस खड्का कप्तान रहेको प्रदेश ३ ले प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल रहेको छ । मंगलबार गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रदेश ३ ले लगातार दोस्रो जित हात पारेको हो ।

पहिलो खेलमा एपीएफसँग ४१ रनले पराजित भएको प्रदेश ३ ले सोमबार प्रदेश ५ लाई ६ विकेटले पराजित गरेको थियो । १ सय ९ रनको सामान्य लक्ष्य पछ्याएको प्रदेश ३ ले २२.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । प्रदेश ३ को जितमा इशान पाण्डेले नटआउट २६ रन र अदिल खानले नटआउट ३८ रनको योगदान दिए। अलिदले ५३ बलमा ५ चौका र इशानले ४० बलमा ४ चौका हिर्काए। ओपनर रित गौतमले २० रनको योगदान दिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी ३०.१ ओभरमा १ सय ८ रनमै अलआउट भयो। उसका लागि आकास थापाले २८ रन र सुमा घिमिरेले ३४ रन जोडे। ओपनिङमा आएका राहुल शर्माले १२ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

बलिङमा प्रदेश ३ का कप्तान पारस खड्का र सूर्य तामाङले घातक बलिङ गरे। दुवैले ४–४ विकेट लिए। सूर्यले ८.१ ओभरमा १ मेडन सहित २९ रन दिँदा कप्तान पारसले ८ ओभरमा १ मेडन राख्दा १८ रन मात्र दिए। नन्दन यादवको नाममा २ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस