आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धोनीको सतकीय पारिले भारतद्वारा बंगलादेश ९५ रनले पराजित

AuthorAP Khabar२०७६ जेष्ठ १५, बुधबार (४ साल अघि) ३४५ पाठक संख्या

जेठ १५

एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा उपाधिको प्रमुख दाबेदार मानिएको भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको छ ।

३ सय ६० रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ४९.३ ओभरमा अल आउट हुँदै २ सय ६४ रनमा समेटियो । उसका लागि विकेटकिपर मुश्फिकुर रहिमले सर्वाधिक ९० रन योगदान दिएपनि जितको लागि प्राप्त भएन । ओपनर लिटन दासले ७३ रन बटुले । यस्तै मेहेदी हसन मिराजले २७, सौम्य सरकारले २५, मोहम्मद सैफुद्धीनले १८ रन बनाएका थिए । बलिङमा भारतका कुलदिव यादव र युजवेन्द्र चाहलले तीन तीन विकेट लिए । जसप्रित बुमराहले दुई तथा रविन्द्र जडेजाले एक विकेट लिएका थिए ।

त्यस अघि कार्डिफमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५९ रन बनायो । भारतलाई विशाल योगफल तयार पार्न पुर्व कप्तान समेत रहेका विकेटकीपर महेन्द्रसिंह धोनीले १ सय १३ रनको उत्कृष्ट शतकीय योेगदान दिए । त्यस्तै कप्तान विराट कोहलीले ४७, हार्दिक पाण्ड्याले २१, रोहित शर्माले १९ र रविन्द्र जडेजाले ११ रन बनाए ।

बंगलादेशका लागि रुवेल हसन र सकिव अल हसनले समान २ विकेट लिए । मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्दीन र सब्बिर रहमानको नाममा समान १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस