आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश दुईका सांसदलाई हायस गाडी

AuthorAP Khabar२०७६ जेष्ठ १५, बुधबार (४ साल अघि) ४८८ पाठक संख्या

जेठ १५
आफ्नै सवारी साधन नभएका सांसदलाई प्रदेश नम्बर २ को प्रदेशसभामा ल्याउन र घरसम्म पुर्‍याउन हायस गाडीको सुविधा प्रदेशसभा सचिवालयले उपलब्ध गराएको छ ।

बैशाख ३१ गते देखी नै यो सुविधा प्रदान गरिएको हो । प्रदेशसभाको बैठक सञ्चालन भएको दिन मात्र गाडी गुड्ने गरेको छ । प्रदेशसभा सचिवालयका सचिव रंजित कुमार यादवका अनुसार प्रदेशसभाको बैठक बस्नुभन्दा १ घण्टा पहिले निर्धारण गरिएको रूटमा गाडी जाने गरेको छ र प्रदेशसभाको बैठक सम्पन्न भएपछि सांसदहरूलाई पुर्‍याउने पनि गरिएको छ ।

यादवका अनुसार ज १ ग ३२३ र ज १ ग ३२४ नम्बरको दुई वटा हायस ६९ लाख रुपैयाँमा खरीद गरिएको हो । खरीद गरिएको दुइ गाडी मध्ये अहिले ज १ ग ३२३ नम्बरको सेतो प्लेटको हायसका लागि जनकपुरको मुजेलियादेखि जिरोमाइल हुँदै मुरलीचोकदेखि प्रदेशसभा सम्मको रुट निर्धारण गरिएको छ ।

ज १ ग ३२४ नम्बरको सेतो प्लेटको अर्को हाईसको लागि पनि रुट निर्धारण भए पनि अहिले संचालनमा न रहेको सचिवालयले जानकारी गराएको छ । प्रदेशसभा सचिवालयमा कतिपय सांसदहरूले उक्त समस्याबारे अनौपचारिक रूपमा समेत गुनासो व्यक्त गरेका कारण सचिवालयले गाडीको व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस