आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बस्केटबल खेलाडिलाई प्रहरी नायव उपरिक्षकको रिफ्रेसमेन्ट तालिम

AuthorAP Khabar२०७६ जेष्ठ १५, बुधबार (४ साल अघि) ३५५ पाठक संख्या

अजय साह

जेठ १५

बारा बास्केटबल सँघले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा खेलाडिहरुलाई रिफ्रेसमेन्ट तालिम दिईएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्वर ३ सिद्धेश्वर मन्दिरको फिल्डमा भईरहेको प्रशिक्षणमा प्रहरी नायव उपरिक्षक रंजित सिह राठौरले खेलाडिहरुको उत्साह बढाउनको लागि भलाकुसारी गरेका थिए ।
नायव उपरिक्षक राठौरले खेलाडिहरु जहिले पनि अनुशासित भएर कुनै पनि खेल खेल्नुपर्ने सुझाव दिएका थिए । स्वास्थ्य रहन हरेक व्यक्तिले कुनै न कुनै खेल खेलिरहनु पर्ने उनले बताएका छन ।

आफु पनि एउटा पहिला बास्केटबलको राम्रो खेलाडि भएको बताए । म जहिले नि कुनै न कुनै खेल खेलिरहेको समेत बताएका छन ।
बिहान बेलका सयौको संख्यामा विधालय पढने कक्षा ७,८,्९ का विधार्थीहरु प्रशिक्षण लिन आउने गरेको प्रशिक्षक रामविनय कुमारले बताए । ससाना बालबालिकाहरुको जोस जाँगर हेरेर आफु धेरै उत्साहित भएको उनले बताए ।
बारामा लोप हुदै गएको बास्केटबल नेपाल मै याहाका खेलाडिहरुले गर्दा चिनिने गरेको बास्केटबलका सँघका अध्यक्ष हरिओम साहले बताए । हाम्रो खेलाडि राष्ट्र टिममा समेत परेको सुनाए ।

खेल्ने उचित बातावरण नभएकोले खेलाडि उत्पन्न हुन सकेको छैन । खेल प्रति कसैको चासो नरहेको समेत गुनासो गरे । जेन तेन स्पन्सर खोजेर अहिले सम्म बास्केटबललाई याहा सम्म लिएर आएको साहले बताए ।
स्थानिय सरकार, खेलप्रमी लगायतले सहयोग गरे जिल्लाबाट राष्ट्रियस्तरको खेलाडि उत्पन्न हुने दावि समेत गरे ।

बाराको बालएकता, ब्राईटल्याड, मनोकामना लगायत बोडिङ्गका विधार्थीहरुलाई प्रशिक्षण रामविनय कुमार, सुरज शर्मा, अभिषेक तिवारी लगायतकाले दिईरहेका छन ।

प्रतिक्रिया दिनुहोस