आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मिडिया काउन्सिल विधेयक कुनैपनि हालतमा पारित हुन दिदैनौं

AuthorAP Khabar२०७६ जेष्ठ १५, बुधबार (४ साल अघि) ३५१ पाठक संख्या

जेठ १५
चितवन । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले ल्याउन खोजेको मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पारित हुन नदिने बताउनुभएको छ ।

बहुमतको आधारमा संविधानको प्रस्तावनाविरुद्ध जानेगरि सदनबाट मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई अगाडि बढ्न नदिने थापाले बताउनुभएको हो । चितवनको भरतपुर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा नेता थापाले विधेयकलाई नागरिकले प्रेस र सञ्चारकर्मीसँग सम्बन्धित विधेयको रुपमा बुझेको उल्लेख गर्दै यो हामी नेपालीको अभिव्यक्ति स्वतन्त्रताको विषय भएको बताउनुभयो ।

मिडिया काउन्सिल विधेयक भन्दा पनि खतरनाक मानिएको सूचना प्रविधि विधेयक संसदमा छलफल चलिरहेको उल्लेख गर्दै नेता थापाले यी सबै विधेयकहरु नेपालको सत्तामाथी प्रश्न उठाउने अधिकार पाएको नागरिकको हक र अधिकारलाई कुण्ठित पार्ने खोस्ने उद्धेश्यले ल्याइएकाले सदनबाट पारित हुन नदिने बताउनुभयो ।श्रोत जनता समाचार

युवा नेता थापाले नेपालको शासनको स्वरुप गणतन्त्रात्मक भएपनि शैली पुरानै हुँदा गणतन्त्र प्रति नेपाली जनतामा तीव्र असन्तुष्टि बढेको बताउनुभयो । पछिल्लो निर्वाचनले गणतन्त्र सुरक्षित हुने अपेक्षा रहेपनि अहिले झनै गणतन्त्र सुरक्षित होला र ? भन्ने प्रश्न उब्जिएको थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस