आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारले लोकतन्त्रमाथि आक्रमण शुरु गर्यो

AuthorAP Khabar२०७६ जेष्ठ १५, बुधबार (४ साल अघि) २८३ पाठक संख्या

जेठ १५ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरु गरेको आरोप लगाउनुभएको छ ।

सभापति देउवाले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्र रक्षाका लागि तयारी अवस्था रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।

गणतन्त्र दिवसमा बुधबार शान्ति बाटिकामा पार्टी कार्यकर्ता भेलामा उहाँले लोकतन्त्रको लागि लडेको कांग्रेसलेनै यसको रक्षा गर्नुपर्ने स्पष्ट पार्नुभयो । ‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्रनै हुँदैन,’ सभापति देउवाले भन्नुभयो, ‘प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न शुरु गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता, कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ ।’

सभापति देउवाले लोकतन्त्रका लागि फेरि संघर्ष गर्न नपरोस् भनेर आफ्नो पार्टीले राजतन्त्रको अन्त्य गर्ने कामको अगुवाई गरेको स्मरण गराउनुभयो । उहाँले धेरै ठूलो लडाई, त्याग र तपस्याबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस