आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

AuthorAP Khabar२०७६ जेष्ठ १५, बुधबार (४ साल अघि) २८३ पाठक संख्या

काठमाडौं, १५ जेठ । कोरियाको काङनाम विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि (डाक्टर) को उपाधि प्रदान गरेको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका प्रेसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधि प्रदान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले उपाधि प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयद्वारा प्रेसित समाचारमा जनाइएको छ ।

उपाधि ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधि कोरियाले सम्पूर्ण नेपालीलाईगरेको सम्मानका रुपमा लिएको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउदै नेपाल पनि अब छोटो समयमै विकसित देश हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस