आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

क्रिकेटको सबैभन्दा ठ्रलो मेला क्रिकेट विश्वकप आज

AuthorAP Khabar२०७६ जेष्ठ १६, बिहिबार (४ साल अघि) ४०२ पाठक संख्या

जेठ १६
क्रिकेट विश्वकप बिहीबार देखि इङ्ग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा शुरु हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सञ्चालन गर्ने क्रिकेट विश्वकपमा विश्व क्रिकेटका शीर्ष १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

इङ्ग्ल्यान्ड र वेल्सका गरी ११ भेन्युमा विश्वकप खेलाइनेछ । विश्वकप क्रिकेटमा पुरस्कार राशिका लागि मात्रै आईसीसीले १० मिलियन अमेरिकी डलर भन्दा बढी खर्च गर्ने भएको छ ।

जसमा आईसीसीले विजेता टोलीलाई ट्रफीसहित ४ मिलिय अमेरिकी डलर प्रदान गर्ने जानकारी दिएको छ । विजेता टोलीका लागि यो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशि हो । विजेता टोलीले ४ मिलियन दिँदा उपविजेता टोलीले २ मिलियन अमेरीकी डलर प्राप्त गर्नेछन् ।

पाँचौ पटक आयोजनाको जिम्मा पाएको इङेग्ल्यान्डलाई विश्वकप ट्रफी उचाल्ने दावी बुधबार मात्रै एक अध्ययनले देखाएको छ । तर, विश्वकपको सबैभन्दा सफल टोली अस्ट्रेलियाका खेलाडीहरुले विश्वकप वार्म अपमा देखाएको फर्मलाई हेर्ने हो भने छैठौं पटक उपवाधि हात पार्ने देखिन्छ ।

यस्तै, विराट कोहलीको नेतृत्वमा रहेको भारतीय क्रिकेट टोलीलाई पनि विश्वकप जित्ने दाबेदार टोलीका रुपमा हेरिएको छ भने दक्षिण अफ्रिकाले पनि आफ्नो सुधारीएको प्रदर्शन गर्ने कतिपयले अनुमान लगाएका छन् ।

उद्घाटन खेलमा आयोजक इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस