आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजपाको आक्रोश– लोकसेवा आयोगले संविधान मान्ने कि नमान्ने ?

AuthorAP Khabar२०७६ जेष्ठ १९, आईतबार (४ साल अघि) ४२० पाठक संख्या

जेठ १९

काठमाडौं । लोकसेवा आयोगको विज्ञापनप्रति राष्ट्रिय जनता पार्टीले संसदमै आपत्ति जनाएको छ । राजपाका सांसद लक्ष्मणलाल कर्णले प्रतिनिधिसभाको आइतबारको बैठकमा आयोगको विज्ञापन संविधान विपरीत भएको बताउनुभयो ।

‘संविधानले गरेको व्यवस्था विपरीत लोकसेवा आयोगले प्रदेशकाे अधिकार समेत मिच्ने गरी कर्मचारी परिपूर्तिका लागि विज्ञापन आव्हान गरेको छ’ बैठकमा उहाँले भन्नुभयो, ‘ न्यायपरिषद्ले न्याय परिषद् ऐनको वास्ता गर्दैन, अहिले सम्म निकालेको कही समानुपातिक समावेशी छैन । मन्त्रिपरिषद्ले राजदूतहरुको नियुक्ति गर्छ समानुपातिक समावेशी हुदैन । संवैधानिक परिषद्ले नियुक्ति गर्छ विभिन्न आयोगको समानुपातिक समावेशी हुदैन अहिले त ९ हजार भन्दा बढी सिट लोकसेवा आयोगले निकालिरहेको छ । लोकसेवा आयोगले पनि नमान्ने यो संविधानलाई अब यो संविधान कसले मान्ने ? आयोगले नमान्ने । सरकारले नमान्ने । न्यायपरिषद्ले पनि नमान्ने हो भने कसले मान्ने यो संविधान ? यदि सरकारले नै मान्दैन, संवैधानिक आयोगले नै संविधान मान्दैन भने जनताले मात्रै मान्ने यो संविधान ? जनतालाई जबरजस्ती मनाउन मात्रै बनाएको हो यो संविधान ?’

सांसद कणले लोकसेवा आयोगले निकालेको विज्ञापनको विरोध भइरहदा सच्याउनुको सट्टा आफूले गरेको काम ठिक भनेको भन्दै आक्रोश पोख्नुभयो ।

‘स्थानीय तहलाई वेवास्ता गरेर समग्र देशभरको कर्मचारी नियुक्तिका लागि विज्ञापन आव्हान गर्न पाइन्छ ?’ उहाँले भन्नुभयो, ‘संविधानमा व्यवस्था भएको पालना होस् । यदि यो पालना भएन ,सबै कुरामा आन्दोलन गर आन्दोलनबाटै यो व्यवस्थित हुन्छ भन्ने ठानेको छ भने सरकारले, आन्दोलनबाट पनि हामी पछि हट्दैनौ । यदि यसमा परिर्वतन भएन भने आन्दोलन पनि अगाडि बढ्छ ।’

संसद कर्णले मधेस आन्दोलनको अध्ययन प्रतिवेदन सार्वजनिक नगरिएकोमा पनि असन्तुष्ठि जाहेर गर्नुभयो । ‘गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन कहा गयो ? कसले खोजिदिने हो ? किन नआएको हो ?’ उहाँले भन्नुभयो, ‘पटक पटक सभामुखको निर्देशन किन पालना नभएको हो ? सरकारले अबिलम्ब जवाफ देओस् । नभए बजेट सेसन हामी मान्दैनौ । यो सेसन फेरि अवरोध गर्नपर्ने हुन्छ ।’श्रोत जनता समाचार

प्रतिक्रिया दिनुहोस