आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतवार प्रदेश सभामा प्रस्तुत हुने

AuthorAP Khabar२०७६ जेष्ठ १९, आईतबार (४ साल अघि) २७५ पाठक संख्या

जनकपुरधाम ,जेष्ठ १९ गते।
प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतवार प्रदेश सभामा प्रस्तुत हुने भएकोछ । सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्तले प्रस्तुत गर्ने छन् ।

वर्षे अधिवेशन(बजेट अधिवेशन)मा प्रस्तुत हुने नीति तथ कार्यक्रम हिउदे अधिवेशनमै प्रस्तुत गर्न थालिएको छ ।लोकतान्त्रिक पद्धती अनुसार हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन र बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट मुख्य रुपमा प्रस्तुत गरिन्छ ।

सरकारको नीति तथा कार्यक्रममा प्रोटोकल विवादपनि बल्झिएको छ ।नीति आयोगका अध्यक्ष मुख्यमन्त्री रहेको तर वैधानिक प्रकृया अनुसार नीति आयोगले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई हस्तांतरण गर्नुपर्ने हुन्छ ।मुख्यमन्त्रीले आर्थिक मामिला मन्त्रीलाई नीति तथा कार्यक्रम हस्तांतरण गरेपछि उनले सो कार्यक्रम मन्त्रीपरिषद बैठकमा लग्ने व्यवस्था गरिएको छ ।

मर्यादा सम्बन्धी गंभीर समस्या देखिएको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले जनाए ।शनिवार झण्डै ३ घण्टा सम्म चलेको मन्त्रीपरिषद बैठकले नीति तथा कार्यक्रमलाई अनुमोदन गरेको छ ।कार्यक्रमलाई पारित गरेपछि प्रदेश प्रमुखलाई हस्तांतरण गरिएकोछ । प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी पुरा गरिएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जनाए ।

नीति तथा कार्यक्रममा नौलो विषयहरु भन्दा गत वर्षको कार्यक्रमहरुलाई निरन्तरतामा जोड दिएको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताए ।‘प्रादेशिक परिवहन, धार्मिक पर्यटनमा जोड, सिंचाईको व्यवस्था नीति तथा कार्यक्रममा समावेश गरिएको छ’ उनले भने, गत आर्थिक वर्षका अधिकांश कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।

नीति तथा कार्यक्रम बनाउँदा प्रकृया मिचिएको आरोप नीति आयोगका सदस्य डा.सुरेन्द्र झाले लगाए ।उनले मुख्यमन्त्रीले सबै प्रकृया मिचेर नीति तथा कार्यक्रम लगेकाले आफू सदस्य भएरपनि अध्ययन गर्न नसकेको आरोप लगाए ।

नीति तथा कार्यक्रममा राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख रहेका अधिकांश विषयहरु समेटिएको जनाएको छ ।राजपा संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सोनलले भने, चुनावी घोषणा पत्रको अधिकांश कार्यक्रमहरु सरकारको नीति तथा कार्यक्रममा परेका छन् ।

प्रदेश सरकारले पेश गर्ने नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेशसभामा वाचन गर्ने मात्र भएकाले त्यसमा प्रदेश सरकारको र खास गरेर आर्थिक मामिला तथा योजना मन्त्रालयको अधिकार क्षेत्र रहेको उनले दाबी गरे ।सरकारको नीति तथा कार्यक्रमको विषयमा राजपा अध्यक्ष मण्डलले विशेष चासोलिदै प्रदेश २को जनभावना र दीर्घकालिन विकासलाई समेट्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस