आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वकप क्रिकेट : पाकिस्तानसँग इंग्ल्यान्ड १४ रनले पराजित, रुट र बटलरको शानदार शतक खेर

AuthorAP Khabar२०७६ जेष्ठ २१, मंगलबार (४ साल अघि) ३३६ पाठक संख्या

जेठ २१ एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत सोमबार दिँउसोबाट भएको खेलमा पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको छ । जितका लागि ३ सय ४९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३४ रन बनाउँदै हार व्योहर्न पुगेको हो ।

इंग्ल्यान्डका जो रुट र जस बटलर ९विकेटकीपर ०ले शतक प्रहार गरे तर उनीहरुको शतक इंग्ल्यान्डको जितका लागि काफी भएन । पाकिस्तानले लगातार ११ खेलमा हारको क्रम अन्त्य गर्दै जित सुरु गरेको हो ।

टस जितेर फिल्डिंग राजेको इंग्ल्यान्डको ब्याटिंगमा अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको हो । जसका लागि रुटको वान डे करियरको १५ औं तथा जारी विश्वकपको पहिलो शतक १ सय ४ बलमा १० चौका र १ छक्कासहित १ सय ७ रनमा पुरा भयो ।

विकेटकीपर जस बटलरले शानदार शतक हानेका थिए । ७६ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै शतका हानेका उनी क्याच आउट भए । ओपनर जोसन रोय ८, मोइन अली १९ , क्रिस वोक्सलाई २१, जोनी वेयरस्टोलाई ३२ रनमा आउट भए ।

इंग्ल्यान्डको हारमा पाकिस्तानका वहाब रियाजले १० ओभरमा ८२ रन दिँदै ३ विकेट लिँदा दब खान र मोहम्मद आमिरले २(२ विकेट र मोहम्मद हफिज र सोएब मालिकले १(१ विकेट हात पारेका थिए ।

पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ४८ रन बनाउँन मोहम्मद हफिजले ६२ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ८४ रन बनाए । त्यस्तै बाबर आजमले ६६ बलमा ४ चौकार १ छक्का सहित ६३ रन बनाए । ३३ ओभरको पाँचौ बलमा मोइन अलीले क्रिस वोक्सबाट बाबर आजमलाई क्याच गराए ।

ओपनर फरार जमानले ४० बलमा ६ चौका प्रहार गर्दै ३६ रन बनाउँदै स्टपिङ आउट भए । भने अर्का ओपनर इमाम उल हकले ५८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४४ रनको योगदान दिए । कप्तान शरफराज अहमिद ५५, आशिफ अली १४ रन, सोएब मलिक ९, हसन अली १०, वहाब रियाज ४, र सादव खान १० रनमा बाहिरीए ।

पाकिस्तानको जितमा इंग्ल्यान्डका लागि मोइन अलीले ३, क्रिस वोक्सले ३ र मार्क उडले २ विकेटहात पारे । यसअघि आफ्नो पहिलो खेलमा पाकिस्ता वेस्ट इन्डिजसँग ७ रनले पराजित भएको थियो पहिले व्याटिङ गर्दै १०५ रनमा अलआउट भएको थियो । इंग्ल्याण्डले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०९ रनले पराजित जरेको थियो ।

प्रतिक्रिया दिनुहोस