आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वकप क्रिकेट : अफगानिस्तानमाथि श्रीलंकाकाे ३४ रनकाे जित

AuthorAP Khabar२०७६ जेष्ठ २२, बुधबार (४ साल अघि) ४५२ पाठक संख्या

जेठ २२
एजेन्सी । एक दिवसिय विश्वकप क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तालाई डक वर्थ लेविसका आधारमा ३४ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । अफगानिस्तानले १ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा ३२।४ ओभरमा अल आउट भयो । सो क्रममा १ सय ५२ रन मात्र समेटेको अफगानिस्तान ३४ रनले पराजित भएको हो ।

कार्डिफमा टस जितेर फिल्डिंग गरेको अफगानिस्तानका लागि नजीबुल्लाह जादरानले ५६ बलमा ६ चौका सहित ४३ रन बनाए । त्यस्तै ओपनर मोहम्मद शहजादले ७ रन बनाए । ज्रतुल्लाह जजाईले २५ बलमा ३ चौका १ छक्का सहित ३० रन बनाए । त्यस्तै हशमतुल्ला शाहिदी ४ र मोहम्मद नाबी ११ रनमा आउट भए ।

कप्तान गुलबद्दीन नाईब र नजीबुल्लाह जदरानले ६४ रनको साझेदारी गरे । रामत शाह २ रनमा क्याच आउट भए । राशिद खान २ रनमा बोल्ड आउटभएपछि अफगानिस्तानको अवस्था दयनिय बनेको थियो । लासिथ मालिगांले दवालत दजरान र हमिद हसन ६ ६ रनमा बोल्ड आउट भएपछि श्रीलंकाले जित हात पारेको हो । श्रीलंकाको जितमा नुवान प्रदीपले ४, लाथिस मालिगांले ३, तिसेरा परेरा र इसुरु उडानाले ११ विकेट हात पारे ।

वर्षाले असर गरेको खेलमा श्रीलंकाले डक वर्थ लेविसका आधारमा ४१ ओभरमा १ सय ८७ रनको लक्ष्य दिन अलआउट हुँदै २ सय १ रन जोडेको थियो । राम्रो सुरुवाती गरेको श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले १३ ओभर सम्म ९२ रनको साझेदारी गरेका थिए ।

कप्तान करुणारत्नेले ४५ बल ३० रन बनाए । त्यसपछि अफगानिस्तानका नाबीले २२ औं ओभरको दोस्रो, चौथो र छैटौं बलमा क्रमशस् लाहिरु थिरिमाने, कुशल मेन्डिस र एन्जिलो मेन्थिज गरि मध्यक्रमका तीन ब्याट्सम्यानलाई तारिमानेलाई २५ रनमा बोल्ड तथा मेन्डिस २ र मेथ्युज शून्यमा रहमत शाहबाट पहिलो स्लिपमा एकै ओभरमा आउट गरेपछि श्रीलंकालाई निकै सकस परेको थियो ।

धनन्जय डि शिल्भा शुन्य, थिसरा परेरा २ र इसरु उडाना १० रनमा आउट भए । ओपनर कुशल परेराले सर्वाधिक ७८ रन बनाए । अन्य ब्याट्समेनको राम्रो प्रदर्शन नहुँदा श्रीलंका यतिमै समेटिए पनि अफगानिस्तान अगाडि जित निकालेको हो ।

वर्षाका कारण ३४ औँ ओभरमा खेल रोकिँदा श्रीलंकाले १ सय ८२ रन जोड्दै ८ विकेट गुमाएको थियो । त्यसपछि खेल ४१ ओभरमा घटाइएको थियो । श्रीलंकाले ३६।५ ओभरमा अल आउट हुँदै २ सय १ रनमात्र बनाउन सफल भयो । मोहम्मद नाबीले ४ , राशिद खान र दवालत जदरानले २र२ र हमिद हसनले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस