आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घट्यो

AuthorAP Khabar२०७६ जेष्ठ २२, बुधबार (४ साल अघि) ३२५ पाठक संख्या

२०७६ जेठ २२

आयल निगमले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको जनाउँदै निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।

‘भारतीय आयल निगम(आईओसी)ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा १ रुपैयाँ घटेको छ,’ निगमका उपनिर्देशक विनितमणि उपाध्यायले भने,‘नयाँ मूल्य बुधवार राति १२ बजेदेखि लागू हुनेछ ।’

नयाँ मूल्य समायोजन पश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय १० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले डिजेल/मट्टितेल, हवाई इन्धन, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

प्रतिक्रिया दिनुहोस