आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश ३ लाई ११७ रनले हराउँदै आर्मी फाइनलमा

AuthorAP Khabar२०७६ जेष्ठ २२, बुधबार (४ साल अघि) ३०५ पाठक संख्या

२०७६ जेठ २२

त्रिभुवन आर्मी क्लव काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

आर्मीले बुधबार सेमिफाईनल खेलमा पारस खड्का कप्तान रहेको प्रदेश ३ लाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेको हो । उपाधिको लागि आर्मीले बिहीबार हुने दोस्रो सेमिफाईनलमा एपीएफ र पुलिसको विजेतासँग जेठ २५ मा प्रतिस्पर्धा गर्ने छ । ३ सय १० रनको विशाल लक्ष्य पछ्याएको प्रदेश ३ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९२ रन मात्र बनाउन सक्यो ।

प्रदेश ३ का लागि इशान पाण्डेले ७९ रन जोडे। उनले ११७ बलमा ३ चौका र ४ छक्का हिर्काए। त्यसअघि ओपनरद्वय रित गौतम ५ रन र रविन जोशी ८ रनमा आउट हुँदा प्रदेश ३ सुरुवातमै संकटमा परेको थियो। कप्तान पारस खड्का १९ रनमा आउट भए भने ज्ञानेन्द्र मल्लले २६ रनको योगदान दिए। अदिल खान १५ रनमा पेभेलियन फर्कदा जितेन्द्रसिंह ठकुरीले खाता खोल्न सकेनन्। सोनु तामाङले २ रन जोड्दा सोनु देवकोटा शून्यमा आउट भए। नन्दन यादवले नटआउट १८ रन बटुले।

बलिङमा आर्मीका साहब अलामले ३ विकेट लिए। करण केसीले २ विकेट लिए भने सुसन भारी, रोहितकुमार पौडेल र कुशल मल्लको नाममा १–१ विकेट रह्यो।

टस जितेको प्रदेश ३ ले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ६ विकेटको क्षतिमा ३०९ रन जोड्यो। उसका लागि कप्तान विनोद भण्डारीले नटआउट ७५ रन जोडे। उनले ४२ बलमा ५ चौका र ५ छक्का हिर्काए। कुशल मल्लले नटआउट २६ रन जोडे। र्नले १७ बलमा १ चौका र २ छक्का हिर्काएका थिए। करण केसी २१ रनमा आउट हादा राजेश पुलामी मगरले २९ रन बटुले। राजु रिजालले ५१ रन र हरिबहादुर चौहानले ३८ रनको योगदान दिए।

बलिङमा प्रदेश ३ का नन्दन यादव र जितेन्द्रसिंह ठकुरीले २–२ विकेट हात पारे। कप्तान पारस खड्का र सोनु देवकोटाको नाममा १–१ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस